Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 165:10:02
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • ‘As a visual journalist, it was my duty to cover it at that time’: Narendra Shrestha - ‘एक फोटो पत्रकारका रूपमा यो मेरो कर्तव्य थियो’: नरेन्द्र श्रेष्ठ

    23/04/2026 Duration: 12min

    Nepali photojournalist Narendra Shrestha is one of the winners of the 2026 World Press Photo Contest. His image, captured during the Gen Z protests in Nepal last September, which shows the Singha Durbar engulfed in flames, was selected as a joint winner in the ‘Singles’ category for the West, Central and South Asia region, alongside two other photographs. Nepal correspondent Pratichya Dulal spoke with Shrestha about what he witnessed and experienced while taking the photo, as well as his career and the state of photojournalism in Nepal. - यस वर्षको वर्ल्ड प्रेस फोटोका एकजना विजेता, नेपाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठ हुन्। नेपालमा गत वर्षको सेप्टेम्बरमा भएको जेन-जी आन्दोलनको क्रममा जलि रहेको सिंहदरबार देखाउने उनको एउटा फोटो, वेस्ट, सेन्ट्रल एण्ड साउथ एसिया विधामा अन्य दुई तस्विरहरू सँगै ‘सिङ्गल्स’ विधामा सह-विजेताका रूपमा छानिएको थियो। नेपाल संवाददाता प्रतिक्षा दुलालले नरेन्द्र श्रेष्ठसँग उनले उक्त फोटो खिच्दा खेरि देखेको, भोगेको अनुभव र आफ्नो करियर अनि नेपालमा फोटोपत्रकारहरूको अवस्थाका बारे गर्नुभएको कुराका

  • Radio Program: Gagan-led Congress deemed legitimate; Australia's moves to secure fuel reserves - रेडियो कार्यक्रम: गगन नेतृत्व कै काँग्रेस वैधानिक ठहर र अस्ट्रेलियाको इन्धन जगेर्ना प्रयास

    23/04/2026 Duration: 46min

    Listen to our radio program, first aired on SBS South Asian on Tuesday, 14 April 2026 at 2 PM, and repeat on Thursday 16 April on SBS Radio 2 from 4 PM featuring, Australia-focused news from the past seven days, in Nepal news, The Supreme Court has ruled that the Nepali Congress led by Gagan Thapa is legitimate in the dispute over the party’s official status, other topics include, Federal Government's announcement on free RSV vaccinations for older Australians, and Nepali mother's day celebration. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २१ एप्र

  • SBS Nepali Community Program Update: Exhibition in Sydney and mobile passport service in Perth - एसबीएस नेपाली सामुदायिक कार्यक्रम अपडेट: नेपाली संस्कृति झल्काउने प्रदर्शनी र राहदानी घुम्ती सेवा

    23/04/2026 Duration: 04min

    Learn about Nepali community events across Australia, including Book Launch and exhibition in Sydney, Mobile passport service in Perth and a table tennis tournament in South Australia. - सिड्नीमा पुस्तक लोकार्पण र नेपाली संस्कृति झल्काउने प्रदर्शनी, पर्थमा राहदानी घुम्ती सेवा लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

  • Australian weather update for Friday, 24 April 2026 - शुक्रवार, २४ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    23/04/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Canberra, Wollongong, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Sound design in Nepali films: What does the industry need next? - नेपाली सिनेमामा ‘साउन्ड डिजाइन’: कस्तो छ अवस्था?

    23/04/2026 Duration: 11min

    As more people build “home studios” to watch movies, has the need for sound design in Nepal’s film industry changed over the years? Nepal correspondent Girish Subedi spoke with senior sound designer and trainer Bipin Sthapit, who has been working in the industry for over three decades. Sthapit is the founding president of the newly formed Audio Visual Society of Nepal (AVSN). - करिब तीन दशक जतिको समय ध्वनि सम्पादनमा बिताइसकेका बिपिन स्थापित हाल नेपालमा एक सिनियर साउन्ड डिजाइनरका रूपमा परिचित छन्। उनको काम कालो पोथी लगायतका नेपाली सिनेमाहरूमा पाउन सकिन्छ। यसका साथै उनले उक्त विषयमा प्रशिक्षण पनि दिने गरेका छन्। र, लामो समयको प्रयास पछि, हालसालै नेपाली फिल्मकर्मी श्रव्यदिव्य प्राविधिकहरूको एक सङ्गठन सुरु गर्न आफू सफल भएको भनाई राख्ने स्थापित, ‘नेपाल श्रव्य दृश्य समाज’ वा ‘अडियो भिजुअल सोसाइटी अफ नेपाल’बाट नेपाली सिनेमाको स्तरोन्नतिको निम्ति उल्लेखनीय कामहरू गर्ने आफ्नो चाहाना रहेको बताउँछन्। बिपिन स्थापितसँग एसबीएस नेपालीका लागि संवाददाता गिरिश सुवेदीले नेपाली सिनेमामा ध्वनिको गुणस्तर लगायतका विषयमा गर्नुभएको क

  • "Difficult, unavoidable": NDIS overhaul aims to reduce participation and target fraudulent providers - ‘कठिन तर अपरिहार्य’: अपाङ्गता सम्बन्धी बिमा योजनाको खर्च घटाउन सरकारले कस्ता सुधार ल्याउँदै छ?

    23/04/2026 Duration: 09min

    The federal government has announced a major overhaul of the National Disability Insurance Scheme in efforts to cut down fraud and spending in the $50 billion program. Welcoming some aspects of the reform, disability advocates say there must be further clarity around cuts to support and eligibility, with fears that those in need will lose access to vital supports. - सङ्घीय सरकारको अपाङ्गता सम्बन्धी बिमा योजना, नेशनल डिजेबीलीटी इन्स्योरेन्स स्कीम (एनडीआइएस)मा खर्च कटौती र ठगीलाई नियन्त्रण गर्न ठुलो परिवर्तन गर्ने सरकारले घोषणा गरेको छ। अपाङ्गता अधिकारकर्मीहरूले सुधारका केही पक्षहरूलाई स्वागत गरेको भए पनि सहयोग कटौती र योग्यतासम्बन्धी मापदण्डबारे अझ स्पष्टता दिन आवश्यक रहेको बताएका छन्। उनीहरूले आवश्यक सहयोगमा निर्भर व्यक्तिहरूले अत्यावश्यक सेवा गुमाउने जोखिम रहेको चिन्ता व्यक्त गरेका छन्। एक रिपोर्ट

  • When should you see a doctor for a cold or flu? - रुघाखोकी लाग्दा कस्तो अवस्थामा डाक्टरकोमा जाने?

    23/04/2026 Duration: 09min

    After Australia’s deadliest flu season on record, with over 1,700 deaths, the government is urging everyone over 6 months get a flu shot. SBS Nepali spoke to Sydney-based GP Dr Prabin Pathak about fast-spreading flu variant known as Super-K flu, high-risk groups, and when to seek medical care. - अस्ट्रेलियामा जाडो याम सुरु भएसँगै फ्लु सिजन पनि सुरु भइसकेको छ। गत वर्ष रुघाखोकी जस्ता फ्लु सम्बन्धी विभिन्न समस्याका कारण १७ सय भन्दा बढी अस्टेलियनहरुको ज्यान गएको तथ्याङ्क रहेकोमा, यस वर्षको चिसो मौसममा रोग प्रतिरोधी बन्न के गर्न सकिन्छ त? सिड्नी स्थित जीपी प्रबिन पाठकले ६ महिना भन्दा माथिका सबैले फ्लु भ्याक्सीन लगाउन सुझाव दिन्छन्। सुपर-के फ्लु भनेको के हो, कस्ता व्यक्तिले फ्लु सट लगाउनु पर्छ, रुघाखोकी लाग्दा कुन अवस्थामा डाक्टरको जाने? यीनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।

  • Iran seizes ships crossing Hormuz | Morning News Bulletin 23 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २३ एप्रिल २०२६

    23/04/2026 Duration: 04min

    In this bulletin, Iran says it has seized cargo ships near the Strait of Hormuz, the Coalition says there's been little consultation on changes to the NDIS. And in NRL, St George Illawarra’s Kade Reed says he's looking forward to his Anzac Day debut. - रिजनल क्वीन्सल्यान्डको केर्न्स नजिकै रहेको डीरलस्थित आगलागी भएको एक घरमा मानव अवशेष फेला परे पछि अनुसन्धान जारी लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • Australian weather update for Thursday, 23 April 2026 - बिहीवार, २३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    22/04/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान

    22/04/2026 Duration: 07min

    Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्षमा भाग लिएका थिए।

  • Melbourne restaurant wage theft: Nepalis among workers receiving back pay - मेलबर्नको रेस्टुरेन्टमा तलब ठगी: नेपाली सहितका कर्मचारीले पाए फिर्ता रकम

    22/04/2026 Duration: 06min

    The Fair Work Ombudsman has signed an Enforceable Undertaking with the operator of a Melbourne restaurant, which has back-paid more than $194,000 to 38 workers, including visa holders from Nepal and India. - कर्मचारीलाई कम तलबमा काम लगाउने मेलबर्नको एक रेस्टुरेन्टलाई फेयर वर्क अम्बड्समनले एक सम्झौता मार्फत ३८ जना कामदारलाई १ लाख ९४ हजार डलर भन्दा बढी फिर्ता गर्न लगाएको छ। इन्फोरसेबल अन्डरटेकिङ भनिने एक लिखित प्रतिबद्धता मार्फत कामदारहरूले ठगिएको रकम फिर्ता पाएका हुन्।

  • Trump extends ceasefire deadline | Morning News Bulletin 22 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २२ एप्रिल २०२६

    22/04/2026 Duration: 04min

    Ceasefire deadline extended as the world waits to see whether Iran will join peace talks; NDIS cuts due to be outlined today; the Sydney Swans prepare for a tough test against the Western Bulldogs. - पेरेन्ट्स भिसा माग र यो पाउन पर्खनु पर्ने समय लम्बिएको बारे सरकारको भनाइ, अमेरिकाले इरानसँगको युद्ध विराम अवधि लम्ब्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, एक आदिवासी महिलाले आफ्नो मुद्दा सुनुवाई हुने स्थानलाई लिएर गरेको आग्रह मजिस्ट्रेटद्वारा अस्विकार, सिड्नी स्वान्सका प्रशिक्षकले वेस्टर्न बुल्डग्ससँग कडा प्रतिस्पर्धा हुने बताएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘Ratyauli’ in Nepali weddings - ‘आमालाई सारी र भेटी, छोरालाई सुन्तला पाउरोटी’: बिहेमा रत्यौली

    22/04/2026 Duration: 10min

    As the Nepali New Year ushers in a new wedding season, listen to our conversation with Sabina Adhikari Chhetri, who sings traditional ‘ratyauli’ songs. Nepal correspondent Sewa Bhattarai spoke to Chhetri during a ratyauli workshop organised by Ethnomusicologist Pushpa Palanchoke in Pokhara. - नेपाली नव वर्षसँगै विवाहको पनि नयाँ मौसम सुरु हुँदै गर्दा, तपाईँहरूलाई बिहेका बेला गाइने रत्यौलीका बारेमा चाहिँ कत्तिको थाहा छ? केही समय अगि, नेपालको पर्यटकीय शहर, पोखरामा एकजना एथ्नोम्युजिकोलोजिस्ट, पुष्पा पलाञ्चोकेले रत्यौली सम्बन्धी कार्यशाला आयोजना गरेकी थिइन्। त्यहाँ पुगेर संवाददाता सेवा भट्टराईले रत्यौली लगायत भजनकिर्तनमा व्यस्त रहने गरेकी र महिलाका परम्परादेखि चलिआएका गीतहरूकी एक जानकार सबिना अधिकारी क्षेत्रीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Wednesday, 22 April 2026 - बुधवार, २२ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    21/04/2026 Duration: 01min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

  • First International Wellness Day marked by the UN after adopting Nepal's proposal - पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो, नेपालको प्रस्ताव संयुक्त राष्ट्र सङ्घद्वारा स्वीकार

    21/04/2026 Duration: 14min

    The inaugural International Wellness Day has been celebrated on April 15, after Nepal's proposal to start the day was officially recognised by the United Nations General Assembly last month. Nepal correspondent Pratichya Dulal spoke with Bishow Parajuli, a former UN Resident Coordinator/Resident Representative for Myanmar and Zimbabwe, about its significance. - अन्तर्राष्ट्रिय आरोग्य दिवस सम्बन्धी नेपालद्वारा प्रस्तुत प्रस्ताव संयुक्त राष्ट्र सङ्घले पारित गरेको छ। हरेक वर्ष एप्रिल १५ का दिन आरोग्य दिवस मनाउने भनी नेपालले गरेको प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको महासभाले अघिल्लो महिना पारित गरेको हो। यसरी संयुक्त राष्ट्र सङ्घको महासभाबाट प्रस्ताव पारित हुनु नेपालका लागि कत्तिको महत्त्वपूर्ण विषय हो त? नेपाल संवाददाता प्रतीक्षा दुलालले संयुक्त राष्ट्र सङ्घ अन्तर्गत जिम्बाब्वे, म्यानमार जस्ता देशमा आवासीय संयोजक भएर काम गरिसकेका विश्व पराजुलीसँग गरेको कुराकानी सुन्नुहोस्।

  • The overlooked story: Aboriginal and Torres Strait Islander service on ANZAC Day - बेवास्ता गरिएको कथा: एन्ज्याक डेमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको सेवाको सम्झना

    21/04/2026 Duration: 08min

    Each year Australians gather on ANZAC Day to remember those who served in wars, conflicts and peacekeeping missions. But whose stories are we remembering? Are there stories we don’t always hear? In this episode we explore an important part of Australia’s history that has often been overlooked—the service of Aboriginal and Torres Strait Islander peoples. - हरेक वर्ष एन्ज्याक डेका दिन मानिसहरू भेला भएर युद्ध, द्वन्द्व र शान्ति स्थापनामा योगदान दिएका मानिसहरू प्रति सम्झना गर्ने गरिन्छ। तर यदि अस्ट्रेलियामा तपाई नयाँ हुनुहुन्छ भने एन्ज्याक डेको महत्वका बारेमा बुझ केही समय लाग्न सक्छ। एन्ज्याक डे युद्ध र विभिन्न सङ्घर्षहरूमा सेवा गरेका व्यक्तिहरूलाई सम्झने समय हो र धेरै अस्ट्रेलियनहरूका लागि यो इतिहासलाई सम्मान गर्दै एकताबद्ध हुने एक क्षण पनि हो। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी आदिवासी र टोरेस आइल्याण्डर मानिसहरूले सेनामा गरेको सेवा र ओझेलमा परेको एक महत्त्वपूर्ण इतिहासका बारेमा चर्चा गर्दै छौ।

  • Free RSV vaccinations for older Australians - वृद्ध अस्ट्रेलियनहरूका लागि निःशुल्क आरएसभी खोप

    21/04/2026 Duration: 07min

    The Federal Government has announced free R-S-V vaccinations for older Australians, in a push to better protect those most at risk from the potentially deadly respiratory virus. The $445 million dollar investment means Australians aged 75 and over - and Aboriginal and Torres Strait Islander people aged 60 and over - will be able to access the immunisation for free from mid May, saving them as much as $300 dollars per vaccination. - घातक समेत हुन सक्ने 'आरएसभी'को सङ्क्रमणबाट सबैभन्दा धेरै जोखिममा रहेका अस्ट्रेलियनहरूलाई सुरक्षित राख्न सङ्घीय सरकारले निःशुल्क खोप प्रदान गर्दै छ। ४४ करोड ५० लाख डलरको लगानी रहने योजना अन्तर्गतको खोप ७५ वर्ष वा सो भन्दा माथिका गैर आदिवासी तथा ६० वा सोभन्दा बढी उमेरका आदिवासी अस्ट्रेलियनहरूले निःशुल्क लगाउन सक्ने छन्।

  • Australia backs calls for more talks over Strait of Hormuz | Morning News Bulletin 21 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २१ एप्रिल २०२६

    21/04/2026 Duration: 04min

    Australia calls for a negotiated settlement to re-open the Strait of Hormuz; Israeli and Lebanese representatives expected to hold talks in Washington DC on Thursday; And in AFL, Port Adelaide's Zak Butters cleared of umpire abuse. - अस्ट्रेलियन क्यापिटल टेरीट्री (एसीटी)मा नयाँ आवास निर्माण गर्न सङ्घीय र प्रदेश सरकारबिच सम्झौता, वुलवर्थस्ले सामानको भाउ बढाएर छुट दिने गरेको भन्ने कथित आरोपको अदालतमा स्पष्टीकरण दिने र इरान-अमेरिका द्वन्द्व वार्ता मार्फत समाधान हुनु पर्नेमा अस्ट्रेलियाको जोड लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।

  • How singing about social issues made folk singer ‘Tiwari Aama’ a social media sensation - सामाजिक कुरीतिबारे गाउने ‘तिवारी आमा’ कसरी बनिन् नेपाल बाहिर पनि लोकप्रिय?

    21/04/2026 Duration: 12min

    Laxmi Tiwari, a folk singer from Rampur in Palpa, is known for her knowledge of traditional songs from Nepal’s Gandaki region. She performs a range of culturally significant genres popular within Brahmin and Chhetri communities, including Magal, Uwali, Ratyauli, Balan and Silok. Recently gaining wider recognition as “Tiwari Aama” after her songs garnered engagement on YouTube, she is also known for spontaneously composing and performing her own lyrics. Her songs reflecting the lives of Nepali migrants have also resonated with audiences beyond Nepal. During a Ratyauli workshop in Pokhara last November, Nepal correspondent Sewa Bhattarai spoke with Tiwari about these fading musical traditions. - नेपालको गण्डकी क्षेत्रमा पाइने लोकगीतकी एकजना जानकार तथा ब्राह्मण क्षेत्री समुदायमा प्रचलित मागल, उवाली, रत्यौली, बालन, सिलोक लगायतका गीतमा गायिका रामपुर, पाल्पाकी लक्ष्मी तिवारी आजकाल व्यस्त छिन्। पछिल्लो समयमा उनले गाएका गीतहरू युट्युबमा आउन थालेपछि उनी “तिवारी आमा”का नामले चर्चित हुन थालेकी हुन्। तिवारीले एकैछिनमा आफ

  • Australian weather update for Tuesday, 21 April 2026 - मङ्गलवार, २१ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    20/04/2026 Duration: 02min

    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।

page 1 from 67